पछिल्लो २४ घन्टामा कोरोनाले १० जनाको मृत्यु, ६,८२७ नयाँ संक्रमित थपिए

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न अस्पताल र आइसोलेसनमा उपचाररत १० जनाको मृत्यु भएको छ । 

२० घन्टाभित्र थप  ६ हजार आठ सय २७ जना  कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज थपिएका ६ हजार आठ सय २७ जनासँगै   कोरोना संक्रमिको संख्या १० लाख ६७ हजार ६ सय ६८ पुगेको छ ।

 आज  पाँच हजार चार सय ३२ जना  संक्रमणमुक्त भएका छन् । 

See More On

सुझावित समाचार