चरणबद्ध रूपमा ‘युरो ६’ लागू गर्नुपर्ने नाडाको धारणा

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागू गर्ने प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । नाडाले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । 

तर, यसका लागि पूर्वाधार तयार नभएको नाडाको भनाइ छ । यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रूपमा लागू गर्दै जानुपर्ने भएकाले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरूलगायत दक्ष प्राविधिक जनशक्ति तयार पार्न पहिले लागिपर्नुपर्ने एसोसिएसनको भनाइ छ । त्यसैले यसलाई चरणबद्ध रूपमा नै लागू गर्ने व्यवस्थाका लागि एसोसिएसनले सरकारसँग आग्रह गरेको छ ।                 

See More On

सुझावित समाचार