अनलाइनमार्फत ट्याक्सी बुकिङ गर्न सकिने सुविधासहित ई-क्याब नेपालले आफ्नो सेवा सुरु गरेको छ। बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा ई-क्याबले आफ्नो सेवा सुरु भएको जानकारी गराएको छ। क्युआर कोडसहितको यो एपमा सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगदै भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने व्यवस्था रहेको प्रबन्धक किशोर प्रधानले बताए।
यो एपका प्रयोगकर्ताले आफ्नै लागि मात्र नभई आफ्ना आफन्त तथा साथीहरूका लागि समेत सवारी बुकिङ गर्न सक्ने व्यवस्था रहेको छ। आफ्नो यात्राको तालिका निर्धारण गरेर क्याब बुकिङ गर्न पनि सकिने सुविधा छ। यात्राका लागि लाग्ने शुक्ल पूर्ण पारदर्शी रूपमा निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ।