पछिल्लो २४ घन्टामा थप ६ हजार सात सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। पाँच हजार सात सय ४७ जनामा पिसिआर र नाै सय ८७ जनामा एन्टिजेन परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा पाँच सय ४७ जना जना संक्रमणमुक्त भएका छन्।
कोरोना सक्रमणका कारण पछिल्लो २४ घन्टामा तीनजनाले ज्यान गुमाएका छन्। हाल देशभर ३० हजार आठ सय ७७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।