अमेरिकाको सुस्त जनसंख्या वृद्धिले राष्ट्रिय आर्थिक वृद्धिलाई मात्र नोक्सान पु¥याउँदैन, यसले राष्ट्रिय मानसिकतालाई समेत असर गर्छ
अमेरिकाको जनगणना ब्युरोका अनुसार सन् २०२१ मा अमेरिकाको जनसंख्या इतिहासमा सबैभन्दा सुस्त गतिमा बढ्यो । यो निराशाजनक तथ्यांक आउनुपछाडि न्यून आप्रवासन, न्यून जन्मदर र कोभिडका कारण धेरै मानिसको मृत्युको प्रमुख हात रह्यो । कुल जनसंख्या ०.१ प्रतिशतले अर्थात् तीन लाख ९२ हजार ६६५ ले बढ्यो । अमेरिकामा हाल देखिएको जनसंख्या वृद्धिदर पहिलो विश्वयुद्ध र स्पेनिस फ्लु महामारीको वेलाभन्दा पनि कम हो ।
जनसंख्या वृद्धिदर घटिरहेकै समयमा अमेरिकामा मुद्रास्फीति र बेरोजगारीमाथिको बहस चुलिएको छ । तर, यी बृहत् अर्थशास्त्रीय खबरलाई समान रूपमा चिन्ता व्यक्त गर्नुपर्छ । किनकि, व्यक्तिको करियरमा जस्तै अर्थशास्त्रमा पनि कुनै उपलब्धिको स्तर परिणामका आधारमा मात्र होइन, गतिमा पनि हेरिनुपर्छ । अर्थात् एकपछि अर्को सफलताले क्रमिक रूपमा सबल स्थितिमा पु¥याउँछ ।
सम्पूर्ण कमजोरीका बाबजुद अमेरिका निर्मित तथा क्रमिक रूपमा विकसित संस्थानको असाधारण योग हो । उसले यहाँसम्मको यात्राका लागि धेरै मिहिनेत र उतारचढाव सहेको छ । अमेरिकाले किनारामा रहेका धेरैभन्दा धेरै मानिसलाई यहाँ संविधान, अनुकूल व्यावसायिक वातावरण र आणविक छाताको उपभोग गर्ने तथा फाइदा लिने अवसर दिएको छ । अर्थशास्त्रीय भाषामा भन्दा अमेरिका पब्लिक गुड (सार्वजनिक सम्पत्ति) हो । धेरै मानिसलाई अमेरिका प्रवेश गर्न दिनु भनेको धेरै मानिसलाई उत्कृष्ट प्रदर्शनका लागि थिएटरमा उपलब्ध खाली सिट दिनुजस्तै हो । त्यसो किन नगर्ने ?
तपाईं जति धेरै देशभक्त हुनुहुन्छ, त्यति नै धेरै तपाईंले ठूलो तथा बढ्दो जनसंख्यालाई समर्थन गर्नुपर्छ । अमेरिकाका अधिकांश संस्थापक नेताले पनि त्यही अपेक्षा गरेका थिए । कुनै अमेरिकीले अमेरिकी संस्थानमा कुनै विशेष गुण नरहेको मान्न सक्छ र देशको जनसंख्याको आकारप्रति पनि उदासीनता जनाउन सक्छ । तर, यस निष्कर्षमा पुग्नका लागि उसले आधारभूत अमेरिकी संरचनामा असाधारण मूल्य छैन भन्ने विश्वास गर्नुपर्छ ।
बढ्दो जनसंख्याले कैयन् व्यावहारिक लाभ पनि सिर्जना गर्छ । उदाहरणका लागि यो वर्ष बहसमा रहेको मुद्रास्फीतिसम्बन्धी उत्प्रेरकलाई नै हेरौँ । ६.८ प्रतिशतको मुद्रास्फीति दरमा अमेरिकाले सही सन्तुलन कायम गर्ने देखिँदैन । उलेख्य बढ्दो जनसंख्या, बृहत् अर्थशास्त्रीय नीतिमार्फत भने सन्तुलन कामय गर्न निकै सजिलो हुन्छ । श्रमिक र उपभोक्ताको बढ्दो माग आफैँमा आर्थिक उत्प्रेरक हो । यस्तो मागले महँगी बढाउँदैन किनकि ती थप काम र उच्च प्रतिफलबाट प्रभावित हुन्छन् । आपूर्तिमा हुने यी भरथेगले मुद्रास्फीतिकारी दबाबलाई प्रभावित बनाउन सक्छ । र ,तिनले आर्थिक वृद्धिलाई टिकाइराख्छन् । उच्च जनसंख्या वृद्धि एक प्रकारको बृहत् आर्थिक अनुदानजस्तै हो ।
तपाईं कुनै सहर पुग्दा त्यहाँ एक खालको क्षय र गतिहीनताको अनुभव गर्नुभएको छ ? मलाई त्यस्तो अनुभव प्रायः जनसंख्या गुमाइरहेका सहरमा हुन्छ, जनसंख्या बढिरहेको सहरमा होइन । ती सहरमा थोरै तथा कम विविधतापूर्ण रेस्टुराँ, थियटर र अन्य सार्वजनिक स्थलको अनुभव गर्न पाइन्छ । यहाँसम्म कि सडक संगीतसमेत उत्साहप्रद हुँदैन । त्यसविपरीत उत्साहपूर्ण सहर तथा बस्तीमा धेरै प्रकारका सार्वजनिक स्थल र नयाँ मानिस भेटिन्छन् । विगत दशकमा अमेरिकाका तीन राज्यहरू उटाह, इडाहो र टेक्सासमा तीव्र जनसंख्या वृद्धि भइरहेको छ । यीमध्ये पछिल्ला दुई राज्यमा म हालै पुगेको थिएँ । त्यहाँ पुग्दा मलाई उत्साहको अनुभूति भएको थियो ।
जनसंख्या र गतिशीलताबीचको सम्बन्ध राष्ट्रिय तहमा पनि उस्तै हुन्छ । तथापि राष्ट्रिय तहमा यसलाई महसुस गर्न केही कठिन हुन्छ । किनकि जनसंख्या ह्रास कुनै एक भौगोलिक क्षेत्रमा मात्र केन्द्रित नहुन पनि सक्छ । तर, कुनै देशको मनोभाव त्यहाँ कति मानिस बस्छन् र तिनले समाजमा कतिको विशिष्ट योगदान पु¥याउन सक्छन् भन्नेले निर्भर गर्छ ।
जनसंख्या वृद्धिदर सुस्त हुनुको अर्थ जनसंख्या घट्नु नै त होइन । अमेरिकाको जनसंख्या अहिले घट्न थालेको छैन, तथापि अहिलेको जनसंख्या वृद्धि पनि सन्तोषजनक भने छैन । यसले एक खालको गतिहीनता र आत्मसन्तुष्टिको मनोभाव सिर्जना गर्छ । कसैलाई यो साहसी अभिव्यक्ति लाग्ला तैपनि अन्य कुनै देशभन्दा बढी अमेरिका आशावादिता र वृद्धिको भावनामाथि निर्भर छ । अन्यथा ऊ कसरी सिर्जनशील मुलुक रहिरहन सक्छ ? उसले आफ्नो सम्पूर्ण ऋण कसरी तिर्नेछ ?
जनसंख्या वृद्धिविरुद्ध प्रस्तुत गरिने र सबैभन्दा धेरै दोहो¥याइने आलोचनाअनुसार उच्च जनसंख्याले वातावरणलाई हानि पु¥याउँछ । तर, वातावरणीय समस्याको सम्भावित समाधानका लागि नवप्रवर्तन आवश्यक पर्छ । जति धेरै मान्छे उति नै नयाँ विचार तथा आविष्कारको सम्भावना सिर्जना हुन्छ । जनसंख्या बढिरहेको गतिशील समाजले नै हरित ऊर्जाको सुधारमा योगदान पु¥याउन सक्छ । हो, अमेरिका भयभीत छ र न्यून जनसंख्या वृद्धि यसको कारण तथा लक्षण दुवै हो । तर, यो संकटलाई स्थायी बन्न दिनु हुँदैन । धेरै खुसी व्यक्ति जन्माएर वा भिœयाएर मात्र यो समस्या समाधान गर्न सकिन्छ । ब्लुमबर्गबाट