बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले लाइफ लाइन होम हेल्थ केयरमा छुट पाउने भएका छन् । छुट दिनेसम्बन्धी सम्झौतामा बैंक र लाइफ लाइन होम हेल्थ केयरबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंक अफ काठमाडौंको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । जसअनुसार ल्याब सेवामा १५ प्रतिशत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउने जनाइएको छ ।
ग्राहक महानुभावले उक्त सेवामा छुट उपयोग गर्न बैंकको मोबाइल बैंकिङ तथा कार्डहरूको प्रयोग गरी भुक्तानी गर्न बैंकले आग्रह गरेको छ । लाइफ लाइन होम हेल्थ केयरले ललितपुरको पुल्चोकबाट सेवा–सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले हाल देशभरमा ९१ शाखा, ८४ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।