नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंले सुनसरीको पर्यटन प्रवद्र्धन गर्न यहाँका धार्मिक पर्यटकीय स्थलको वृतचित्र बनाएको छ । प्रतिष्ठानले धरानमा रहेका बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली र बराहक्षेत्र नगरपालिकामा पर्ने बराहक्षेत्र धामको वृतचित्र बनाएको हो ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सोमबार वृत्तचित्र सार्वजनिक गरेका छन् । सोही अवसरमा दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको सम्पदा र वास्तुकला : एक अध्ययन नामक पुस्तकसमेत लोकापर्ण गरिएको छ ।
प्रा.डा. सोमनाथ खतिवडाद्वारा लिखित पुस्तकको संयोजन नेपाल ललितकला प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले गरेका छन् । उपमहानगरपालिका परिसरमा भएको कार्यक्रममा दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको छुट्टाछुट्टै वृतचित्र सार्वजनिक गरिएको थियो ।