हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ बजारमा

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

 हुन्डाई मोटर्सको इलेक्ट्रिक कार कोनाको नयाँ फेसलिफ्ट नेपाली बजारमा भित्रिएको छ । हुन्डाईको नेपाली विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक कोना नेपालमा सार्वजनिक गरेको हो । नेपाली बजारमा विगत दुई वर्षदेखि बिक्री हुँदै आएको कोना लोकप्रिय क्रसओभर कार हो ।

कोनाको नयाँ फेसलिफ्टमा इन्टेरियर तथा एक्टेरियरमा धेरै अपग्रेड पाउन सकिने कम्पनीले जनाएको छ । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ । यसमा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाई वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङजस्ता आधुनिक सुरक्षा फिचर राखिएको छ ।

नयाँ कोना फुल चार्जमा तीन सय पाँच किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । नयाँ कोनामा मल्टी स्टेज हाई भोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाई इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्नेछ । नयाँ कोना एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लू तथा डार्क नाइट कलर अप्सनमा उपलब्ध हुनेछ ।

See More On

सुझावित समाचार