डिसेम्बर १४ सम्ममा एमसिसीबारे टुंगो लाग्छः प्रचण्ड (भिडियाेसहित)

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी डिसेम्बर १४ सम्ममा एमसिसीबारे टुंगो लाग्ने बताएका छन्। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग शुक्रबार भएको भेटपछि सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

छलफलबाट आफू सन्तुष्ट भएको बताउँदै उनले भने, ‘एमसिसीको बारेमा मैले प्रस्टसँग भने हामी एमसिसी फिर्ता जाओस् भन्ने पक्षमा बिल्कुल छैनौँ। किनभने त्यत्रो पैसा नेपालमा इन्फ्रास्ट्रक्चरको लागि आवश्यक छ। तपाईंहरू पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ। यहाँ केही कन्फ्युजनहरू छन्। पहिला ओरिजिनल डकुमेन्टजस्तो थियो, अहिले छैन। त्यसले कन्फ्युजन छ। अल पार्टी मिटिङमा हामी छलफल गरेर डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ।’

See More On

सुझावित समाचार