अदालतमा हतियारधारी प्रहरीको प्रवेश निषेध गरः संवैधानिक कानुन व्यवसायी मञ्च

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

 संवैधानिक कानुन व्यवसायी मञ्चले अदालतमा हतियारधारी प्रहरीको प्रवेश निषेध गर्न माग गरेको छ। मञ्चले विज्ञप्ति निकालेर हतियारधारी प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भौतिक आक्रमण गराइएको भन्दै यस्तो माग गरेको हो। 

मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सचिव अधिवक्ता सरोजकृष्ण घिमिरेले जारी गरेको विज्ञप्तिमा आक्रमणका घटनामा प्रधानन्यायाधीश एवं सर्वोच्च अदालत प्रशासन प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाउँदै यस्तो गतिविधि रोक्न माग गरिएको छ। 

विज्ञप्तिमा सर्वोच्च परिसरमा भएको कानुन व्यवसायीमाथिको आक्रमण मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै छानबिन र दोषीलाई कारबाहीको माग गरिएको छ।

यस्तो छ विज्ञप्ति

सुझावित समाचार