सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरू र प्रहरीबीच धकेलाधकेल भएको छ। त्यस क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन्।
घाइते केन्द्रीय सदस्य महर्जनलाई उपचारका लागि अस्पताल लगिएको छ। कानुन व्यवसायी घाइते हुने गरी प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी आन्दोलन चर्काउने चेतावनी दिएका छन्।