सिभिल बैंक अध्यक्षमा पाण्डे

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

सिभिल बैंकको सञ्चालक समिति अध्यक्षमा प्रतापजंग पाण्डे अध्यक्षमा चयन भएका छन् । सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  पाण्डेले सर्वसम्मत रूपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै सञ्चालकलाई धन्यवाद दिएका थिए ।

उनले आफ्नो  नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्याउन लागिपर्ने बताउँदै यसमा सबै सञ्चालकको सहयोग रहने अपेक्षा व्यक्त गरे । अध्यक्ष पाण्डेले बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीलाई उच्च मनोबलका साथ काम गरी बैंकलाई थप सबल र समृद्घ बनाउन आग्रह गरे । आफ्नो कार्यकालमा सेयर होल्डरलगायत समग्र पक्षको भावनाअनुरूप अगाडि बढ्नका लागी नवीनतम सेवा तथा सुविधा प्रदान गर्नेतर्फ बैंकको प्राथमिकता रहनुपर्ने उनको भनाइ थियो । 

सुझावित समाचार