३७७ जनामा कोरोना संक्रमण हुँदा १७० जना निको भए

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार १४९ स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छ हजार ५०५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ३३९ जना तथा दुई हजार ६४४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा कोरोना भाइरस संक्रमणका कारण नेपालमा चार जनाले ज्यान गुमाएका छन् भने १७० संक्रमित निको भएका छन्। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार ४७६ भएको छ। आज मंगलबार देशभर ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयको अद्यावधिक विवरणमा उल्लेख छ।
 

See More On

सुझावित समाचार