पछिल्लो २४ घण्टामा देशभर ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १२ हजार ४०२ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सात हजार ५५४ नमुनाको पिसिआर परीक्षण गर्दा ३६७ जनामा र चार हजार ८४८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण भएको पाइएको छ।
यो अवधिमा नेपालमा कोभिड– १९ का कारण नेपालमा एकजनाकाे ज्यान गएको छ भने २७० जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार ३११ मा झरेको छ। आज सोमबार देशभर ७४ हजार ४५२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।