फेरि बढ्यो हवाई भाडा

सबैभन्दा बढी काठमाडौं–धनगढी उडानमा दुई सय २० रुपैयाँ बढाइएको छ भने सबैभन्दा कम डोटी–साँफेबगर उडानमा २० रुपैयाँ सरचार्ज बढाइएको छ

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले हवाई भाडा पनि बढाएका छन् । मूल्य बढेपछि हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय एक रुपैयाँ पुगेको छ । वायुसेवा सञ्चालक संघले बढाएको भाडा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमोदन गरेको छ ।

 संघले समायोजन गरेको भाडादरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी उडानमा दुई सय २० रुपैयाँ बढाइएको छ । काठमाडौं–धनगढी उडानको टिकटमा फ्युल सरचार्ज ४२ सय ४० रुपैयाँ रहेकोमा ४४ सय ६० रुपैयाँ पुगेको छ । सबैभन्दा कम डोटी–साँफेबगर उडानमा २० रुपैयाँ सरचार्ज बढाइएको छ । तर, यो रुटमा नियमित उडान भने छैन । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरा उडानमा ४५ रुपैयाँ बढेको छ भने पोखरा–जोमसोम उडानमा ४० रुपैयाँ भाडा बढेको छ । 

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा एक सय ७० रुपैयाँ फ्युल सरचार्ज बढेको छ । काठमाडौंबाट भद्रपुर एक सय ५०, विराटनगर एक सय २०, जनकपुर पाँच, भरतपुर ५५, पोखरा ८०, भैरहवा एक सय पाँच, नेपालगन्ज एक सय ६०, तुम्लिङटार ९०, सुर्खेत एक सय ७५, राजविराज एक सय पाँच रुपैयाँ भाडा बढेको छ ।  पोखराबाट भरतपुर ५५ रुपैयाँ, भैरहवा ६५, नेपालगन्ज एक सय २०, विराटनगर एक सय ८०, माउन्टेन फ्लाइट एक सय ५५, भरतपुर ४०, डोल्पो ६५, जुम्ला पाँच, मनाङ ४०, सुर्खेत ६०, जोमसोम ४० रुपैयाँ भाडा बढाइएको छ ।

काठमाडौंबाट चौरजहारीको एक सय ५०, फाप्लुको ६०, भोजपुरको ७५, लुक्ला ७०, रामेछाप ४०, रुम्जाटार ५५, सुर्खेत एक सय ६०, ताप्लेजुङ एक सय पाँच, राजविराज ९०, दाङ एक सय ३५, खानीडाँडा ६५ रुपैयाँ भाडा बढेको छ । यस्तै, नेपालगन्जबाट हुने उडानमा चौरजहारी ४०, दार्चुला ९५, डोल्पो ७०, जुम्ला ७५, बाजुरा ७५, बैतडी ८५, साँफेबगर ६०, सिमिकोट एक सय, सुर्खेत ३०, ताल्चा ८० रुपैयाँ भाडा बढेको संघले जनाएको छ । 

See More On

सुझावित समाचार