एनएमबिमा भिडियोबाटै केवाइसी भर्ने सुविधा

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

एनएमबि बैंकले भिडियोबाटै केवाइसी फर्म भर्ने सुविधा सुरु गरेको छ । ग्राहकले भिडियो कलबाटै पाँच मिनेटमा देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको हो । नेपालको बैंकिङ क्षेत्रमा सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको दाबी गरेको छ । यो सेवामार्फत ग्राहकले एनएमबिमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरण पूरा–अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहक अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकमा नगईकनै मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न सक्ने जनाएको छ । बैंकले देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । 

ब्रान्ड एम्बेसडरमा पल शाह
बैंकले कम्पनीको ब्रान्ड एम्बेसडरमा कलाकार पल शाहलाई नियुक्त गरेको छ । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको जनाएको छ । ब्रान्ड एम्बेसडरका रूपमा बैंकको प्रगतिका लागि आफूले सकेसम्म राम्रो भूमिका प्रस्तुत गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

See More On

सुझावित समाचार