२९५ संक्रमित थपिँदा ४७८ संक्रमित निको भए

शनिबार, २७ कार्तिक, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आठ हजार २४३ स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाँच हजार २२५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २६० जना र एन्टिजेन विधिबाट तीन हजार १८ नमुनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ४७८ जना संक्रमित निको भएका छन् भने दुई संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार २७८ मा झरेको छ। आज शनिबार देशभर ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएको छ।
 

See More On

सुझावित समाचार