कामना सेवा विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

कामना सेवा विकास बैंक बाग्लुङ शाखाले  आफ्नो स्थापना दिवसको अवसरमा बाग्लुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकको १५औँ स्थापना दिवसको अवसरमा आश्रमका लागि ३० हजारबराबरको खाद्य सामाग्री र न्यानो कपडा प्रदान गरिएको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आश्रमका लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्य सामग्री र कपडा सहयोग गरेको बैंकका बाग्लुङ शाखाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत यस्तै प्रकारका कार्यक्रममा सहयोग गर्दै आएको अधिकारीले बताए । आश्रममा हाल तिन महिनाको एक बच्चासहित ४९ जना आश्रित रहेको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन् ।

सुझावित समाचार