सिन्धुपाल्चोक र काभ्रेमा सर्वोत्तम सिमेन्टको कार्यक्रम

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लाका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार)हरूलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ई. अभिषेक झाले ओपिसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी दिएका हुन् । 

घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन्छ भन्ने विषयमा पनि जानकारी तथा तालिम दिइएको कम्पनीले जनाएको छ । कम्पनीका ब्रान्ड म्यानेजर गोपाल शारदाले सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग भएको बताए ।

आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएकाले यसको गुणस्तरका बारेमा कसैले शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्रान्डका सिमेन्टहरू देशभर बिक्री–वितरण गरिरहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार