सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा तोकिएको इजलास बहिष्कार गरेका छन्। न्यायाधीशहरूले आन्तरिक छलफलको निर्णयअनुसार आजका लागि तोकिएको अन्य मुद्दाको इजलास बहिष्कार गरेका हुन्।
आजका लागि बन्दी प्रत्यक्षीकरणको एउटा मात्र मुद्दाको पेसी तोकिएको थियो। न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले उक्त मुद्दाको सुनुवाइ सकेको छ।
यसबाहेक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्ना लागि तोकेको एकल इजलासमा अहिले सुनुवाइ भइरहेको छ। जबराले आफ्नो इजलासमा तोकेका सात मुद्दाको पेसीमध्ये तीन मुद्दाको सुनुवाइ सकिएको छ।