प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै केही समययता इजलास बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू इजलासमा फर्किएका छन्। अहिले न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी संयुक्त इजलासमा बसेका छन्।
यसअघि आजै न्यायाधीश कुमार चुडालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको एक रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकल र चार संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित सात मुद्दाको पेसी तोकेका छन्।
प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका अन्य न्यायाधीशहरू आगामी रणनीति निर्माणका लागि छलफलमा रहेका वेला सँगै न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न थालेका छन्।