मुस्ताङबाट यसपालिको दसैँ–तिहारमा रु. ३५ करोड मूल्यबराबरको च्याङ्ग्रा निकासी भएको छ। सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङ्ग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दसैँमा सात हजार र तिहारका लागि तीन हजारवटा च्याङ्ग्रा निकासी भएको जानकारी दिए। ‘स्वास्थ्य परीक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङ्ग्रा बाहिरिएका छन्,’ उनले भने, ‘कृषकले गोठबाटै प्रतिगोटा रु. ३५ हजारका दरले च्याङ्ग्रा बेचेका छन्।’ तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि विगतको तुलनामा झन्डै आधा सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएको हो।
अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो। निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन्। व्यापारीहरूले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए। पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु. १५ शुल्क तिर्नुपर्ने हुन्छ। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुरजोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरूसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो।
कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ। यो वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरूले मूल्य बढाएका छन्। गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरूले बताएका छन्। जोमसोम पुगेर दुई सय च्याङ्ग्रा खरिद गरेका काठमाडौंका प्रदीप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु. पाँचदेखि १० हजारसम्म बढी तिर्नुपरेको बताए।
‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गर्थ्यौँ, यो वर्ष ३५ हजारसम्म परेको छ,’ उनले भने,’ खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङ्ग्रा बेच्न गाहे भयो।’ मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायतका स्थानका किसानले पालेका च्याङ्ग्रा निकासी भएको हो।
म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, बुटवललगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरू बजारमा ल्याएका थिए। उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडीबुटीहरू खाने भएकाले दसैँ–तिहारजस्ता पर्वहरूमा पोसिलो मासुको रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ। च्याङ्ग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ। मुस्ताङमा च्याङ्ग्रापालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताए।
च्याङ्ग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा पाँच सय छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा
काठमाडौं/नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ…
इन्टरनेट शुल्क वृद्धि गर्न कुनै स्वीकृति दिएका छैनौँ : दूरसञ्चार प्राधिकरण
काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने सम्बन्धमा कुनै स्वीकृति नदिएको स्पष्ट पारे…
दसैँअघि उखु किसानले डेढ अर्ब सरकारी अनुदान पाउने
गत आवमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रतिक्विन्टल ६ सय २० रुपैयाँका दरले पैसा बुझिसके, सरकारी अनुदानबापतको प्रतिक्विन्ट…
मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि
मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक प्रतिमहिना १७ सय रिंगिटबाट बढाएर दुई हजार (करिब ७६ हजार रुपैयाँ) पुर्‍याउने घोषणा …
आइतबारदेखि उपत्यकामा ६ स्थानमा ग्यास सिलिन्डर साटिने
काठमाडौं/ आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा एकीकृत बिक्री केन्द्रमार्फत जुनसुकै कम्पनीको खाली सिलिन्डर लगेर ग्यास प…
विपतबिच विदेशी पर्यटक आगमनमा सुधार
लगातार प्राकृतिक विपत्को सामना गरिरहेको नेपालमा विदेशी पर्यटक आगमनमा भने सुधार देखिएको छ । बाढीपहिरोलगायतका विपत्का कारण पर्…