पछिल्लो २४ घन्टामा थप १३९ जनामा कोरोना संक्रमण

शनिबार, २० कार्तिक, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप १३९ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९ सय ३२ नमुना परीक्षण गर्दा एक सय ३९ जनामा संक्रमण पुष्टि भएको हो। पिसिआर विधिबाट एक सय २८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा तीन सय ९६ जना कोरोनामुक्त भएका छन् भने एकजनाको मृत्यु भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या आठ हजार एक सय ४४ रहेको छ। हालसम्म कोरोना मुक्त हुनेको संख्या सात लाख ९४ हजार आठ सय ३४ रहेको छ भने मृत्यु हुनेको संख्या ११ हजार चार सय ३९ पुगेको छ।

See More On

सुझावित समाचार