थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि, सातको मृत्यु

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप चार सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय ९५ र एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण देखिएको हो। 

यो अवधिमा ६ हजार पाँच सय ७७ जनाको पिसिआर परीक्षण र तीन हजार तीन सय ३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

हाल देशभर नौ हजार एक सय २३ जना सक्रिय संक्रमित रहेका छन्। बुधबार चार सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा सातजना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ३४ पुगेको छ।
 

सुझावित समाचार