थप ४६९ जनामा कोरोना संक्रमण, ११ संक्रमितको मृत्यु

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर चार सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोको पछिल्लो अध्यावधिक विवरणअनुसार १० हजार २ सय ८७ जनामा परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। 

सात हजार १ सय १५ जनामा पिसिआर र ३ हजार १ सय ७२ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार बितेका २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ५ सय ५५ जना संक्रमित निको भएका छन्।

See More On

सुझावित समाचार