एनआइसी एसिया बैंक लिमिटेडले चालू आ.व. ०७८/७९ को पहिलो त्रैमासिककोे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
बैंकले आ.व. ०७८–७९ को पहिलो त्रयमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रु. २७७.८५ अर्ब पुर्याएको छ। साथै निक्षेपतर्फ वार्षिक बिन्दुगत आधारमा २६.९९ प्रतिशत (रु. ६५.२९ अर्व) ले वृद्धि गरी कुल निक्षेप संकलन रु. ३११.४५ अर्ब पुर्याएको छ। बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रु. १.१८ अर्ब आर्जन गरेको बैंकले जनाएको छ।
यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल २१.३९ प्रतिशत रहेको छ। यसका साथै यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी रु. ३९.६५ आर्जन गरेको छ। बैंकले कर्जा असुलीतर्फ निष्क्रिय कर्जालाई पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राखेको बताएकाे छ।