एसपिजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयुभी लन्च गरेको छ । शारदा ग्रुपअन्तर्गतको कम्पनी एसपिजी नेपालमा चेरी अटोमोबाइल्सको आधिकारिक वितरक हो । चेरी टिग्गोमा ४ प्रो एसयुभी तीन भेरियन्टमा उपलब्ध छ ।
१.५ लिटर नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लिटर नेचुरल्ली एस्पिरेटेड सिभिटी र १.५ लिटर टर्बो चाज्र्ड ९ स्पिड गियर बक्स सिभिटी इन्जिन रहेको छ । नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट (११५ पिएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्छ ।
१.५ लिटर टर्बो चाज्र्ड सिभिटी इन्जिनले अधिकतम पावर ११५ किलोवाट (१४७ पिएस) तथा अधिकतम पावर २१० एनएमको अधिकतम टर्क उत्पादन गर्छ । टिग्गो ४ प्रोको प्रमाणित माइलेज १४.७ किमि प्रतिलिटर रहेको छ ।
टिगो ४ प्रो १.५ लिटरको मूल्य ४६ लाख २० हजार रहेको छ । त्यस्तै, टिगो ४ प्रो १.५ लिटर सिभिटी र टिगो ४ प्रो १.५ लिटर टर्बोको मूल्य क्रमशः ५२ लाख ५० हजार र ५८ लाख ४० हजार निर्धारण गरिएको छ ।