ग्लोबल आइएमई बैंकद्वारा ललितपुर प्रहरीलाई एलइडी टिभी हस्तान्तरण

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चका एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरू हस्तान्तरण गरेका हुन् ।  

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रुमका लागि टेलिभिजन सेटहरू सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।  

यसैगरी, महानगरीय ट्राफिक परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ ।

सुझावित समाचार