थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि, ११को मृत्यु

शनिबार, १३ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप तीन सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा दुई सय ९७ र एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको हो। 

यो अवधिमा पाँच हजार तीन सय १६ जनाको पिसिआर परीक्षण र दुई हजार पाँच सय ९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

हाल देशभर नौ हजार पाँच सय २६ जना सक्रिय संक्रमित रहेका छन्। बिहीबार ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा ११ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ९९ पुगेको छ।
 

सुझावित समाचार