राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन आज राति १२ बजदेखि अन्त्य गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२)बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिसअनुसार शुुक्रबार चालू अधिवेशन अन्त्य गरेका हुन् ।
यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । आज रातिबाट दुवै सदन अन्त्य भएको छ ।