प्रधानमन्त्री देउवा दोहामा

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा आइपुगेका छन्।
 
नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौंबाट प्रस्थान गरी कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका हुन्। विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यबाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न बेलायतको राजधानी लन्डनका लागि प्रस्थान गर्नेछ। उनी लन्डनमा शनिबार र आइतबार रहने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनेछन्।

सुझावित समाचार