दराजको ‘अनलाइन सपिङ फेस्टिभल ११.११’ ११ लाख उत्पादनमा पाँच करोडको छुट

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

हरेक वर्ष विश्वको सबैभन्दा ठूलो मानिएको अनलाइन सपिङ फेस्टिभल ११.११ नेपालमा पनि आयोजना हुने भएको छ । अनलाइन सपिङ प्लेटफर्म दराजले यसका लागि ११ लाख उत्पादनहरूमा पाँच करोडको छुटसहित ११.११ को चौथो संस्करणको तयारी गरिरहेको छ । 

कात्तिक २५ गते अर्थात् नोभेम्बर ११ तारिखमा सुरु हुने कम्पनीले जनाएको छ । दसैँ धमाका अभियानको सफलतालगायत दराजले निर्बाध रूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको उल्लेख गरेको छ । यसको तयारी गर्न दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलेर एक हजार चार सयभन्दा बढी नयाँ कर्मचारी, कस्टुमर केयर एजेन्ट र एक हजार डेलिभरीकर्ता भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको कम्पनीको भनाइ छ ।

यस वर्षको ११.११ मा ११ लाखभन्दा बढी उत्पादन प्रस्तुत गर्ने योजनाका लागि कम्पनीले देशभरका ४७ भन्दा बढी सहरहरूमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नका लागि एक हजारभन्दा बढी डेलिभरी सवारीसाधन थप गर्नुका साथै सात लजिस्टिक पार्टनर्सहरूसँग साझेदारी गरी सिपिङ क्षमता पनि बढाएको कम्पनीको दाबी छ । 

दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले वर्षभरि आफ्ना सबै ग्राहक र विक्रेताको लजिस्टिक अनुभव कसरी बढाउन सकिन्छ भन्ने विषयमा ध्यानकेन्द्रित गर्ने गरेको बताए । विस्तार, स्वचालन, निरन्तर प्रक्रिया, अनुकूलन, सिकाइ र विकासजस्ता लजिस्टिक सञ्चालनका मुख्य पक्षलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

उनले भने, ‘अब हामी वर्षको सबैभन्दा ठूलो बिक्री अभियानका लागि पूर्ण रूपमा तयार छौँ । हाम्रो परिचालन क्षमताको सर्तमा भने हामीले पहिले नै हाम्रो भर्ती प्रक्रिया राम्रोसँग सुरु गर्यौँ ताकि हामीले आवश्यक तालिम पहिले नै उपलब्ध गराउन सकौँ ।’ दराजले यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको उल्लेख गरेको छ । 

See More On

सुझावित समाचार