मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन देउवाको निर्देशन

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूसँगको छलफलमा प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचन समितिलाई यस्तो निर्देशन दिएका पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘पार्टी सभापतिले स्पष्ट रूपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ, तपाईंहरूले यो प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस् र मंसिरभित्र महाधिवेशन गरिसक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ । र, त्यहीअनुरूप तपाईंहरूले कार्यतालिकाका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनुभएको छ,’ महतले भने ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी ९–१२ मंसिरसम्म काठमाडौंमा गर्ने तय गरेको थियो । तर, तल्लो तहको अधिवेशनमा ढिलाइ भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी कार्यतालिका तय गर्न निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

See More On

सुझावित समाचार