सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : नेता सिंह

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण
सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : नेता सिंह

फाइल फोटो।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन्। वीर गणेशमान सिंह स्पोर्टस् समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेसनल टेनिस टुर्नामेन्ट– २०२१’ शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

नेता सिंहले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने उल्लेख गर्दै सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। ‘यस्ता प्रतियोगिताले खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका  खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ,’ उनले भने।

कार्यक्रममा उनले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले ६ दशकसम्म निर्वाह गरेका भूमिका अनुकरणीय रहेको दोहोर्याए। रासस

सुझावित समाचार