नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट सेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ। सूचीकृत कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेन्टमा सेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो।
हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकेको भन्ने गुनासो आइरहेको छ। बोर्डले जारी गरेको निर्देशनअनुसार अब कम्पनीले आफैँ वा आफ्ना सेयर रजिष्ट्रारमार्फत सेयरधनीका बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रूपमा कम्पनीको नाम, आव, रकम आदि खुल्ने गरी पठाउनुपर्नेछ। साथै कम्पनीले यसरी लाभांश पठाउँदा क्लियरिङ हाउस लिमिटेडले तोकेका ढाँचामा सूचित गर्नुपर्ने विषयसमेत स्पष्ट खुलाउन बोर्डले निर्देशन दिएको छ।
सबै विवरण खुल्ने गरी लाभांश बैंक खातामा पठाउन बोर्डको निर्देशन
सुझावित समाचार
नेप्सेमा पाँच दिनदेखि वृद्धि, २,६२१ अंकमा पुग्यो
काठमाडौं । बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको बलमा सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेर दुई हजार ६२१ अंकमा …
हटियामा राष्ट्रिय प्रसारणलाइन पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने
काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका– ३, हटियामा राष्ट्रिय विद्युत् प्रसारणलाइन विस्तार…
बाढी प्रभावितलाई ऋणको किस्ता बुझाउने म्याद थप
काठमाडौं/ १० भदौको भोटेकोशी र २५ असोजको बुढीगण्डकी बाढीबाट प्रभावित ऋणीले असोज मसान्तसम्म तिर्नुपर्ने साँवा तथा ब्याजको किस्ता …
पोखरा आइपुगे दसैँका भेडा–च्यांग्रा
प्रतिकिलो च्यांग्राको मासु दुई हजार दुई सय र भेडाको एक हजार सात सयसम्म
जलवायु विपतबाट जिडिपीको २ प्रतिशतसम्म आर्थिक क्षति
बाढीपहिरो, भूकम्प र खडेरीबाट ४० वर्षमा नौ खर्ब ३६ अर्बको क्षति भएको युएनडिपीको प्रतिवेदनमा उल्लेख काठमाडाैं/जलवा…
बाढीपीडितलाई सामसङका उपकरण मर्मत सेवामा शतप्रतिशतसम्म छुट
काठमाडौं/ बाढी प्रभावित क्षेत्रका बासिन्दाले सामसङका मोबाइल तथा घरायसी उपकरण मर्मत तथा नयाँ खरिदमा शतप्रतिशतसम्म छुट पाउने भएक…