लागुऔषधसहित वडाध्यक्ष पक्राउ

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रतिबन्धित लागुऔषधसहित वडाध्यक्ष पक्राउ परेका छन्। सीमावर्ती भारतीय बजारबाट सरकारी नम्बर प्लेटको गाडीमा फर्किँदै गर्दा सिराहाको माडर बजारमा चेकजाँचको क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका– १८ का वडाध्यक्ष रामसोगारथ यादव रहेको प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए। सोमबार बेलुका स.१ब ९३८ नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध रहेको सूचना पाएपछि प्रहरीले रोकेर चेकजाँच गर्दा नाइट्रोभेट ट्याब्लेट १५ पिस फेला परेको थियो।

पक्राउ परेका वडाध्यक्ष यादवमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिराहामा राखिए छ। उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन्। लागुऔषधसहित पक्राउ परेकाहरूको पूर्ण विवरणसहित फोटो सार्वजनिक गर्दै आएका जिल्ला प्रहरीले वडाध्यक्षको पक्राउसम्बन्धी विवरण भने अझै सार्वजनिक गरेको छैन।

See More On

सुझावित समाचार