बिओके र नेपाल पेमेन्ट सोलुसन्स्बीच सम्झौता

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल सेवालाई अझै विस्तारित गर्ने उद्देश्यले नेपाल पेमेन्ट सोलुसन्स्सँग सहकार्यका लागि सम्झौता  गरेको छ । सम्झौताअनुसार बैंक अफ काठमाण्डूका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्बाट उपलब्ध हुने सेवाहरू रकम स्थानान्तरण, वालेटहरूमा रकमान्तरलगायतका विभिन्न सुविधा पाउने जनाइएको छ ।

नेपाल पेमेन्ट सोलुसन भुक्तानी प्रणाली एग्रिगेटर भएकाले बैंक तथा वित्तीय संस्थाहरू, पिएस्पीहरू, रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्छ । यसले अधिकांश बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी काम गरिरहेको जनाइएको छ । बैंक अफ काठमाण्डूले देशभरमा ९१ शाखा, ८० एटिएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार