थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३को मृत्यु

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप सात सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा ६ सय ७३ र एन्टिजेन परीक्षणमा एक सय तीनजनामा संक्रमण देखिएको हो । 

यो अवधिमा आठ हजार दुई सय ८४ जनाको पिसिआर परीक्षण र दुई हजार पाँच सय ८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १० हजार तीन सय ६० जना सक्रिय संक्रमित रहेका छन् । सोमबार पाँच सय एकजना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ६१ पुगेको छ ।
 

सुझावित समाचार