नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ल्याएको ‘होन्डाको फेस्टिभ बोनान्जा’ योजनाअन्तर्गत पहिलो विजेता ५ कात्तिकमा घोषणा गरेको छ । बुटवलको ड्राइभवे ह्विल्सबाट डब्लुआरभी–एसभिएमटी खरिद गरी सञ्जय नेपालले हरेक हप्ता हुने लक्की ड्रमार्फत तीन लाख ५० हजार प्राप्त गरेका छन् ।
यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डा कार खरिदमा हात खाली नजाने गरी दुई लाखसम्मको नगद छुट, एक वर्षसम्म फ्री इन्स्योरेन्स, एक वर्षसम्मका लागि फ्री रोड ट्याक्स, तीन वर्षसम्मका लागि फ्री सर्भिसिङ र तीन वर्षसम्मका लागि स्पेयर पार्टस्मा सात प्रतिशत छुट पाउनेछन् ।
यसका साथै हरेक १५ दिनमा एकजनालाई साढे तीन लाखसम्मको क्यासब्याक दिइनेछ । यो योजना होन्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।