हुम्लामा नेपाल वायुसेवाको जहाजले नियमित उडान नभर्दा समस्या भएको छ । वैशाखदेखि नेपाल वायुसेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगन्ज, सुर्खेतलगायत झर्ने यात्रुलाई सास्ती भएको छ ।
दसैँ मनाएर काठमाडौं, नेपालगन्ज, सुर्खेत, पोखरालगायतका सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । पहुँचवालाहरूले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको चंखेली गाउँपालिका– ४ का बिर्ख रोकायाले दुःखेसो गरे । निजी एयरलाइन्स तारा र समिटले फ्लाइट गरे पनि भित्रभित्रै टिकट वितरण हुने गरेको रोकायाले बताए ।
सीता एयरले चार–पाँच दिनयता फ्लाइट नगरेको यात्रुहरूको दुःखेसो छ ।