गुडिरहेको बसमा एक्कासि आगलागी, ३६ यात्रु सकुशल

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका– १ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ख १४७१ नम्बरको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।  

३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।     

 

सुझावित समाचार