गणेशमान सिंह राष्ट्रिय टेनिस ९ कात्तिकदेखि

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगिता ९ देखि १६ कात्तिकसम्म गर्न लागेको हो । 

वीर गणेशमानको समग्र जीवन सन्देशलाई खेलकुदमार्फत नयाँ पुस्तासम्म पुर्याउँदै उद्देश्यअनुरूप टेनिस प्रतियोगिता पनि आयोजना हुन लागेको प्रतियोगिताका संयोजक भाष्करमान सिंहले जानकारी दिए । 

प्रतियोगितामा चार सय खेलाडीको उपस्थिति रहने उनले बताए । यसअघि, एथलेटिक्स र बक्सिङ आयोजना गर्दै आइरहेकोमा यसपटक टेनिसलाई पनि समावेश गरिएको संयोजक सिंहको भनाइ छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथिको एकल र युगल तथा ६५ वर्षमाथिको एकल र जुनियरतर्फ यू–८, ९, १०, १२, १४ र खुला छात्र तथा छात्राको विधामा खेलाडीले भाग लिनेछन् । 

See More On

सुझावित समाचार