‘चुरीफुरी’ ९ पुसदेखि देशभर प्रदर्शन हुने

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

कमेडी विधाको फिल्म ‘चुरीफुरी’ ले प्रदर्शन मिति तय गरेको छ । कोरोनाका कारण लामो समय बन्द रहेका हल खुल्न थालेपछि निर्देशक ऋषिराज आचार्यले आफ्नो फिल्म प्रदर्शनको मिति पक्का गरेका हुन् । उनका अनुसार दर्शकले ९ पुस अर्थात् २४ डिसेम्बरमा देशभरका हलमा ‘चुरीफुरी’ हेर्न पाउनेछन् । 

चलचित्र पत्रकार संघ, दाङ शाखाले मंगलबार आयोजना गरेको साक्षात्कारमा ‘चुरीफुरी’को प्रदर्शन मिति तय भएको जानकारी निर्देशक आचार्यले दिएका हुन् । दसैँका लागि गृहजिल्ला, दाङ गएका निर्देशक आचार्यले आफ्नो फिल्म डिसिएनले वितरण गर्ने बताए । 

निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको फिल्ममा नवकलाकारहरू अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत मुख्य भूमिकामा छन् भने फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरू रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङलगायतले अभिनय गरेका छन् ।

सुझावित समाचार