अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव प्रस्तुत गर्ने भएका छन्। शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकपछि प्रदेश सभा सचिवालयले प्रकाशित गरेको कार्यसूचीअनुसार अब केहीबेरमै प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रस्ताव संसदमा प्रस्तुत भइसकेपछि सभामुखले प्रस्तावउपर छलफल गराएर मतदानको प्रक्रियामा लैजान्छन् या बैठक आइतबारसम्मका लागि स्थगित गर्छन् त्यो कार्यसूचीमा उल्लेख छैन। यसैले प्रस्ताव टेबल भएपछि बाँकी कुरा सभामुख प्रदीपकुमार भण्डारीमै निहित रहनेछ।