देशभर थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, आठको मृत्यु

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप पाँच सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा चार सय ७० र एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा ६ हजार पाँच सय ८६ जनाको पिसिआर परीक्षण र एक हजार नौ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ११ हजार तीन सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।  बिहीबार सात सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा आठजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय २६ पुगेको छ ।
 

सुझावित समाचार