देशभर थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा नौ सय ५७ र एन्टिजेन परीक्षणमा एक सय ३९ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा आठ हजार एक सय ४० जनाको पिसिआर परीक्षण र एक हजार सात सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर ११ हजार आठ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार एक हजार चारजना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय पाँच पुगेको छ ।