बैतडीको ढुंगाड बस्तीमा दुईतिरबाट सेती पसेपछि ६० जना फसे

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

बैतडीको सिगास– ५ स्थित ढुंगाड बस्तीमा सेतीको बाढी पस्दा ६० जना फसेका छन्। करिब सय घर रहेको ढुंगाड बस्तीमा दुवैतिरबाट नदी बग्न थालेपछि बस्ती टापु बनेको छ। बस्तीका अधिकांश घर डुबेको स्थानीय राजेन्द्र चन्दले बताए।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले चार–पाँच घन्टाको दूरीमा रहेको शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ गएको जानकारी दिएका छन्। उनले १२ बजे प्रहरीसँग सम्पर्क भएको बताउँदै त्यसपछि प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको बताए। ‘प्रहरी ढुंगाड पुगे–नपुगेको यकिन हुन सकेको छैन,’ सहायक प्रजिअ भारतीले भने, ‘बाढीको प्रभाव र क्षतिबारे यकिन जानकारी आउनेबित्तिकै जिल्लाबाट थप सुरक्षाकर्मी पठाउन तयारी अवस्थामा छौँ ।’

सोमबार राति नै ढुंगाडमा सेती नदी पसेको खबर आएको थियो। मोबाइल फोनले काम नगर्दा स्थानीय प्रशासनले मंगलबार दिउँसोसम्म पनि यकिन विवरण प्राप्त गर्न सकेको छैन। बाढीमा मानवीय क्षति नभए पनि टापु बनेको बस्तीमा ५०–६० जना फसेका बताइएको छ।

See More On

सुझावित समाचार