वर्षाका कारण घर भत्किँदा एकजनाको मृत्यु

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

कालिकोटको महावै गाउँपालिकामा दुई दिनको अविरल वर्षाका कारण घर भत्किँदा एकजनाको मृत्यु भएको छ। गाउँपालिकाको ७ नम्बर वडाको राम्नीमा विष्णुलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको जनाइएको छ। उनकी अर्की छोरी १५ वर्षीया इनिशा अधिकारी घाइते भएकी छिन्।

वर्षाका कारण राम्नी गाउँका १५ घर उच्च जोखिममा छन्। जोखिम बढेपछि गएरातिदेखि उक्त बस्तीका बासिन्दा राम माध्यमिक विद्यालयमा बस्दै आएकाे स्थानीय दुर्गाप्रसाद काफ्लेले बताए।

See More On

सुझावित समाचार