सिलवाल, ढुंगेल र रोकालाई हटाउने सरकारको निर्णय

सोमबार, १ कार्तिक, २०७८
डिजिटल संस्करण
सिलवाल, ढुंगेल र रोकालाई हटाउने सरकारको निर्णय

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : रासस

सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालसहित तीन संस्थाका प्रमुखलाई हटाउने नीतिगत निर्णय गरेको छ । मंगलवबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव  सिलवालसहित, युवा तथा साना रोजगार व्यवसायी कोषका कार्यकारी निर्देशक डा. कल्याण रोका र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई हटाउने प्रक्रिया अगाडि बढाउने नीतिगत निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘मन्त्रिपरिषद्ले उहाँहरूलाई स्पष्टीकरण सोधिसकेको हो, तर समयमै जवाफ पनि फर्काउनुभएन र पछि आएको जवाफ पनि चित्त बुझ्दो देखिएन, त्यसैले तीनैजनालाई हटाउन प्रक्रिया अगाडि बढाउने नीतिगत निर्णय भएको छ,’ एक मन्त्रीले नयाँ पत्रिकासँग भने, ‘रिक्त स्थानमा छिट्टै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढाइनेछ ।’ 

सिलवालसहित तीनैजनालाई पूर्ववर्ती एमाले नेतृत्वको सरकारले कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।
 

सुझावित समाचार