३९१ कोरोना संक्रमित थपिँदा ६८० संक्रमणमुक्त

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पिसिआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ९८ हजार ३९९ पुगेको छ। हाल १२ हजार २९७ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप छ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा ११ हजार २८४ को कोरोनाका कारण मृत्यु भएको छ। त्यसैगरी आज ६८० संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा सात लाख ८१ हजार ४५६ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

See More On

सुझावित समाचार